शुक्रबार, जेठ १, २०८३

स्थानीय तह बलियो भए मात्र देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताएका छन्।

National life

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उनले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राखे।
“स्थानीय तहका प्राथमिकता र रोजाइका आधारमा सङ्घ र प्रदेशले बजेट तथा कार्यक्रम निर्धारण गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने, “दिगो विकासका लक्ष्य हासिल गर्ने गरी तीनै तहका सरकार मिलेर काम गर्नुको विकल्प छैन।”

स्थानीय तहलाई अधिकार र स्रोतसाधन सम्पन्न नबनाए जनअपेक्षा पूरा गर्न नसकिने उनको भनाइ छ। आवश्यकता र प्राथमिकता निर्धारण गरी विकासका आयोजना सञ्चालन गर्न स्थानीय तहका पदाधिकारीहरुलाई मुख्यमन्त्री अधिकारीले सुझाव दिए।

उनले आफू सङ्घीय ससंदमा प्रतिनिधित्व गर्दा स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरी विकास निर्माणका काम गर्न प्रदेश सरकार तयार रहेको बताए।

प्रकाशित: Mar 24, 2023| 19:03 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...