शुक्रबार, फागुन १, २०८२

बैतडीमा यु-१६ क्रिकेट छनोट प्रतियोगिता

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

National life
Laxmi sunrise bank

बैतडी- बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो। 

बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट सङ्घले पत्राचार गरेको छ। सहभागी हुने खेलाडीले अनिवार्यरुपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ। 

छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा जिल्ला टोली छनोट गर्ने प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। छनोट भएको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ।  

प्रकाशित: Mar 24, 2023| 21:32 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।