बिहीबार, जेठ १८, २०८०

'विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं'

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका छन्।

Everest Bank

विराटनगरको सहिद रंगशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रंगशाला निर्माण सुरु गर्ने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल भएको सम्मानस्वरुप विराटनगर नजिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान निर्माण गर्ने उल्लेख गरे। उनले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्घोष व्यक्त गरे।

राज्यको कम लगानीका बाबजुद फुटबल र क्रिकेट खेलमार्फत प्राप्त सफलताले दक्षिण एसियाका साथै विश्वमा नै नेपाल र नेपालीलाई चिनाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका सम्पदा भएकाले उनीहरूको संरक्षण गर्नुपर्नमा जोड दिए।

उनले भने, ‘खेलाडीका कारण हाम्रो शिर ठाडो भएको छ। उनीहरुको संरक्षण गर्नु सबैको दायित्व हो।’ रात्रिकालीन समयमा सञ्चालन हुने उक्त गोल्डकपमा नेपालका ए डिभिजनका छ क्लब, भारतको एक र भुटानको एक क्लबले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।

National life insurance
Metro Mart

नेपालका तर्फबाट विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै संकटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने भारतको लुका सकर क्लब केरला र भुटानको ड्रुक लयुल फुटबल क्लब छन्।

प्रतियोगिताको उपाधि विजेताले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने छन्। बिहीबार भएको फुटबल प्रतियोगिता विराटनगर सिटी क्लबले महेन्द्र पुलिस क्लबलाई १-० ले पराजित गरेको छ।

आजको खेल नेपाल आर्मी क्लब र जावलाखेल युथ क्लब ललितपुरबीच हुने आयोजकले जनाएको छ।

प्रकाशित: Mar 24, 2023| 01:08. 00 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्