शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने

तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

National life

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ फाइनलमा पुग्न सफल भएको हो।

यससँगै अब तिलोत्तमा गोल्डकप उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने छन्। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

निर्धारित समयमा दुई–दुई गोल बराबरीमा टुङ्गिएको खेलको ट्राइब्रेकरमा फ्रेन्ड्स क्लबका असिम भुसाल र डोना थापाले प्रहार असफल भएपछि मनाङको जित सुनिश्चित भएको हो। जसमा मनाङ चार–तीन गोलले विजयी भयो।

खेलको सुरुआती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो। पहिलो हाफको सातौँ मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले गोल गरेका थिए। खेलको २६औँ मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए।

Laxmi sunrise bank

पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थितिमा ल्याए। पहिलो हाफसम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लब दोस्रो हाफको दुई मिनेटमै गोल खान पुग्यो। मनाङका प्रशन्न श्रेष्ठले बराबरी गोल गरे। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र नजिता ट्राइबेकरबाट लिइएको थियो।

असिमको प्रहार गोलपोष्टको माथिल्लो भागमा ठोक्किएर बाहिरिएको थियो भने डोनाको प्रहारलाई विपक्षी किपरले फर्काएर असफल बनाइदिए। आजको खेलमा मनाङका क्याप्टेन आशिष गुरुङ म्यान अब दि म्याच घोषित भए। मनाङले गोल्डकपको उपाधिका लागि अब सुदूरपश्चिम–११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताका विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ।

प्रकाशित: Mar 23, 2023| 20:41 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।