आइतबार, कात्तिक ९, २०८२

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

धनगढी-  छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले  प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी गराएको हो। 

Kumaribank

आज दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। क्लबका महासचिव प्रकाश शाहीले उद्घाटन खेल नेपाल एपीएफ क्लब र बागमती क्लबबिच बिहीबार आज साढे तीन बजे हुने बताए।  

प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। 

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। 

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ। सुदूरपश्चिममा पर्वका रूपमा परिचित प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ।

Metro Mart

प्रकाशित: Mar 23, 2023| 09:28 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।