शुक्रबार, फागुन १, २०८२

विराट गोल्डकप आजदेखि

विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरुहुँदै छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरुहुँदै छ।

National life

स्थानीय शहीद रंगशालामा फ्लर्ड लाइटमा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली विराटनगर सिटी फुटबल क्लबर र विभागीय क्लब नेपाल पुलिस आमबीच प्रतिस्पर्धा हुने छ।  विराट गोल्डकपको मुख्य प्रयोजकको रुपमा काब्रा ग्रुप रहेको छ। 

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०७५ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो। प्रतियोगितामा ८ टिमले नकआउट प्रतिस्पर्धा गर्ने छन्। 

नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब रहने छन्। प्रतियोगिताको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ।

यसवर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ। गत संस्करणको विजेता एपीएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले ७ लाख ५१ हजार प्राप्त गरेका थिए। 

Laxmi sunrise bank

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गर्ने छौं भने हरेक दिनको प्लेयर अफ दी म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने छ।

प्रतियोगितालाई भव्य र सभ्यका साथै व्यवस्थित गर्नका लागि टिकेटिङ पार्टनरको रुपमा ‘खल्ती एप’रहेको छ। 

प्रकाशित: Mar 23, 2023| 07:55 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।