शुक्रबार, फागुन १, २०८२

फ्रान्सेली राष्ट्रिय टोलीको कप्तान बने एम्बाप्पे

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा किलियान एम्बाप्पे नियुक्त भएका छन्।

National life

गत जनवरीमा टोटनहमका गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएसँगै पेरिस सेन्ट जर्मेनका फरवार्ड एम्बाप्पेलाई नयाँ कप्तान घोषणा गरिएको हो।

सन् २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका २४ वर्षीय एम्बाप्पेले हालसम्म टोलीका लागि ६६ खेल खेलिसकेका छन्। ‘यो जिम्मेवारी ग्रहण गर्नका लागि एम्बाप्पेले सबै आवश्यकता पूरा गर्छन्। उनी मैदानमा टोलीलाई एकताबद्ध पार्ने पात्र हुन्,’

फ्रान्सका म्यानेजर डिडिएर डेस्च्याम्प्सले भने। फ्रेन्च फुटबल फेडेरेसनले एम्बाप्पेलाई कप्तान तथा एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजमानलाई उपकप्तान नियुक्त गरेको पुष्टि गरेको छ। गत विश्वकपमा फ्रान्सलाई लगातार दोस्रोपटक फाइनलमा पुर्‍याउँदा एम्बाप्पे प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका थिए।

फ्रान्स फाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो। सन् २०१८ मा विश्वकपको उपाधि जित्दा पनि फाइनल खेलमा उनले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए।

Laxmi sunrise bank

प्रकाशित: Mar 22, 2023| 16:10 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।