शुक्रबार, फागुन १, २०८२

प्रधानमन्त्री थ्री नेशन्स कप फुटबलको टोली घोषणा

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका एक दिन अगाडि मात्र नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टोली घोषणा गरेका छन्।

National life

दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ। नेपालले उद्घाटन खेल मार्च २२ मा लाओससँग खेल्नेछ।

मार्च २८ मा नेपाल र भुटानबीचको खेल अघि लाओसले मार्च २५ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल मार्च ३१ मा साँझ ५:३० बजे हुनेछ। सबै खेलहरू मार्चमा फिफा विन्डोमा खेलिनेछन्।

अन्तिम टोली गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), अभिषेक बराल (रोयल ब्लू सातदोबाटो युथ क्लब)
 डिफेन्डरः सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), विकास खवास (त्रिभुवन आर्मी फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), पदम भट्टराई (एफसी खुमलटार), आदित्य चौधरी (जावलाखेल युथ क्लब), निशान्त खड्का (संकटा क्लब)।

 मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ मस्र्याङ्दी क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), भरत खवास (त्रिभुवन आर्मी फुटबल क्लब) 
फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपक सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), सुमित श्रेष्ठ (मनाङ मर्स्याङ्दी क्लब) मनिष डाँगी (संकटा क्लब)

Laxmi sunrise bank

प्रकाशित: Mar 21, 2023| 15:34 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।