शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अविश्वासको प्रस्ताव पेस गरेका हुन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

बुटवल– लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अविश्वासको प्रस्ताव पेस गरेका हुन्। सत्तापक्ष नभए पनि बैठक चलिरहेको छ। मुख्यमन्त्रीको राजीनामाबारे सचिवालयमा पत्र नआइसकेकाले बैठक चलिरहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले बताइन्। 

अहिले अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ। अविश्वासको प्रस्तावमा आगामी मुख्यमन्त्रीका लागि माओवादी नेता कुल प्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

प्रकाशित: Aug 11, 2021| 13:58 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...