आइतबार, कात्तिक ९, २०८२

साफ यू-१७ महिला फुटबलको पहिलो खेलमा भारतसँग नेपाल पराजित

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर पराजित गरेको हो।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९
Kumaribank
Metro Mart

काठमाडौं- साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भारतसँग नेपाल पराजित भएको छ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर पराजित गरेको हो।

भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पूजाले एक गोल गरिन्। नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन्।
खेलको दसौं मिनेटमा भारतकी शिल्जी शाजीले गोल गर्दै  सुरुआती अग्रता दिलाइन्। त्यस्तै खेलको ४०औं मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्। खेलको पहिलो हाफको ४१औं मिनेटमा पूजाले एक गोल थपिन्।

त्यसपछि खेलको ५४औं मिनेटमा नेपालकी खेलाडी वर्षा ओलीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन्। त्यस्तै खेलको ८०औं मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित दिलाइन्। जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ। नेपालले आफ्नो दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ।

प्रकाशित: Mar 20, 2023| 18:51 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।