काठमाडौं- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्।
यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको विदाइ गरिएको छ। पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए।