बिहीबार, कात्तिक २७, २०८२

फ्रेन्ज लिग वानमा रेनेससँग पीएसजी पराजित

शीर्ष स्थानको पीएसजी रेनेससँग २–० गोल अन्तरले पराजित भएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- शीर्ष स्थानको पीएसजी रेनेससँग २–० गोल अन्तरले पराजित भएको छ। पीएसजी ६६ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ भने विजयी भएको रेनेस ५० अंकका साथ पाँचौं स्थानमा रहेको छ। 

रेनेसलाई जितउनका लागि कार्ल टोको इकाम्बी र अर्नुड मुएगाले एक एक गोल गरेका थिए। ४५औं मिनेटमा कार्ल टोकोले गोल गर्दै अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै ४८औं मिनेटमा अर्नुडले गोल गर्दै रेनेसको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टिमबाट गोल नहुँदा पीएसजी २–० गोल अन्तरले पराजित हुन पुग्यो।

पीएसजीका लागि मेस्सी र एम्बाप्पे जस्ता स्टार खेलाडीले गरेको गोलको प्रयास सफल हुन सकेन।

प्रकाशित: Mar 20, 2023| 07:12 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।