आइतबार, कात्तिक ९, २०८२

प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि आर्सनलको सहज जित

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

Kumaribank

गएराति भएको खेलको २८औं मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ४३औं मिनेटमा बुकायो साकाले गोल गरे भने ५५औं मिनेटमा ग्रानिट जाकाले  गोल गरे। यस्तै खेलको ७४औं मिनेटमा बुकायो साकाले फेरि अर्को गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए।

क्रिस्टल प्यालेसका लागि खेलको ६३औं मिनेटमा जेफ्री श्लपले एक गोल गरे। जितसँगै आर्सनलले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी बढाएको छ। 

आर्सनलले २८ खेलमा ६९ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६१ अङ्क छ। यस्तै, तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५० अङ्क छ। 

प्रकाशित: Mar 20, 2023| 07:08 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।