मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री विचलित हुनुभयो, फेरि विश्वासको मत दिँदैनौं: राप्रपा

प्रधानमन्त्री विचलित हुनुभयो, फेरि विश्वासको मत दिँदैनौं: राप्रपा

जुन उद्देश्यका लागि पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो, त्यो उद्देश्यबाट उनी विचलित भएको भन्दै राप्रपाले फेरि मत नदिने बताएको हो।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life
kumari

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ। यसअघि गत पुस २६ मा राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो।

जुन उद्देश्यका लागि पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो, त्यो उद्देश्यबाट उनी विचलित भएको भन्दै राप्रपाले फेरि मत नदिने बताएको हो। राप्रपाले १३ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। राप्रपा र एमालेबाहेक बाँकी सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन्।
 

प्रकाशित: Mar 19, 2023| 18:04 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...