बुधबार, जेठ २४, २०८०

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं महाधिवेशनबाट निरौला निर्वाचित भएका हुन्।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं महाधिवेशनबाट निरौला निर्वाचित भएका हुन्।

Everest Bank

निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले पराजित गरे। खसेको ४६८ मत मध्ये निरौलाले २३५ मत प्राप्त गर्दा उप्रेतीले २०९ मत पाइन्। २६ मत बदर भएको थियो।

संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन्। अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष र प्रवक्ता थिए।

उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन्। महासचिवमा सबिन श्रेष्ठ निर्वाचित हुँदा सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए। सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन्।

सदस्यमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन्।
 

Metro Mart
worldlink

प्रकाशित: Mar 19, 2023| 07:10. 00 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मजदुर पलायन र प्रतिकारको कथा 'दामुल'

निर्देशक झाले आफ्ना प्रायः चलचित्रमार्फत विषयको अन्तरवस्तु खोतलेर पस्किने गरेका छन्, जो बेलाबेला समाज र व्यवस्थालाई अपाच्य पनि हुने गरेको छ।