शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रपति पौडेलले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाए

राष्ट्रपति पौडेलले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाए

नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने क्रिकेट खेलाडीलाई सम्मान तथा बधाइ दिन राष्ट्रपति पौडेलले शीतलनिवासमा डाकेका हुन्।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति पौडेलले शीतलनिवासमा आमन्त्रण गरेका छन्। 

National life

क्रिकेट खेलाडीलाई शुक्रबार दिउँसो ३ बजे शीतलनिवास बोलाइएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको हो।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेता क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर बधाइ तथा शुभकामना दिएका थिए। प्रधानमन्त्री प्रचण्डले विश्वकप छनोटमा नेपाललाई सफलता दिलाउने खेलाडीर्ला सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा गरिसकेका छन्। 

बागमती सरकारको जनही १ लाख
बागमती प्रदेश सरकारले आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा पुग्ने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही १–१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए।

Laxmi sunrise bank

प्रकाशित: Mar 17, 2023| 14:16 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।