शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप छनोटमा सफलता दिलाउने खेलाडीलाई बाँडिँदै जनही ३ लाख नगद पुरस्कार

विश्वकप छनोटमा सफलता दिलाउने खेलाडीलाई बाँडिँदै जनही ३ लाख नगद पुरस्कार

गत महिना स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जितेलगत्तै खेलाडीलाई जनही २ लाख दिने घोषण गरेका प्रधानमन्त्री प्रचण्डले पुनः यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल भएकाले थप ३ लाख नगद दिने घोषणा गरेका हुन्।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल  नेपाली क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ सम्मानस्वरुप उपलब्ध गराउने भएको छ।

Kumaribank

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीलाई बधाइ तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा खेल मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफैं उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए।

नेपालले घरेलु मैदानमा यूएईमाथि ९ रनको जित निकालेको थियो। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २–२ लाख राशीले पुरस्कृत गरिसकेको छ। आज म तपाईंहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

Metro Mart

यसअघि स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जितेलगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गरेका थिए। नेपाली टोलीले पुनः यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल भएकाले प्रधानमन्त्रीले जनही ३ लाख दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको आजको घोषणासहित अब खेलाडीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए।

प्रकाशित: Mar 17, 2023| 11:35 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।