बिहीबार, वैशाख १३, २०८१

बालुवाटारमा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ [तस्बिहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई बालुवाटारमा बोलाएर बधाइ ज्ञापन गरेका छन्।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई बालुवाटारमा बोलाएर बधाइ ज्ञापन गरेका छन्। विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रचण्डले शुक्रबार बिहान बधाई तथा शुभकामना ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

triton college

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्डले आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए। 

घरेलु मैदानमा यूएईमाथि नेपालले ९ रनको जित निकालेको थियो। नेपालले सन् २०२० को फेब्रुअरीमा अमेरिका र ओमानसँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो।

यो जितसँगै नेपालले पहिलो पटक ओडीआई ग्लोबल क्वालिफायर खेल्ने छ। नेपालले अब जिम्बाबेमा हुने आईसीसी ग्लोबल छनोटका खेलमा सहभागीता जनाउने छ।

यसैबीच सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल  नेपाली क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ सम्मानस्वरुप उपलब्ध गराउने भएको छ। खेलाडीलाई बधाइ तथा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

corrent noodles
Metro Mart

प्रधानमन्त्री प्रचण्डले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २–२ लाख राशीले पुरस्कृत गरिसकेको छ। आज म तपाईंहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

यसअघि स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जितेलगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गरेका थिए। 
नेपाली टोलीले पुनः यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल भएकाले प्रधानमन्त्रीले जनही ३ लाख दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको आजको घोषणासहित अब खेलाडीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए।

333613288_1482587258934853_7177806597121387302_n1679028807.jpg

333707095_2487002254782972_2189374145257308900_n1679028836.jpg

333642337_3464526077165185_6880417744304673734_n1679028836.jpg

333604148_1564488407369632_984129640218053912_n (1)1679028837.jpg

333645403_559242406011416_2621744742930272432_n1679028841.jpg

334598801_593529712682831_8202276750301468952_n1679028841.jpg

333637842_875865553498798_7739660352170049625_n1679028839.jpg

333604148_1564488407369632_984129640218053912_n1679028839.jpg

प्रकाशित: Mar 17, 2023| 10:37 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।