शुक्रबार, फागुन १, २०८२

खेल हेर्न पुगेका प्रधानमन्त्रीले दिए बधाई 

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप छनोटका लागि छानिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्।

‘आईसीसी क्रिकेट विश्वकप लिग–२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई!’ 

बिहीबार कीर्तिपुरमा भएको खेलमा नेपालले यूएईलाई अन्तिम खेलमा पराजित गर्दै विश्वकप छनोटमा स्थान बनाएको छ। नेपालले ३११ रन पछ्याएकोमा डीएलएस मेथडबाट ९ रनको जित हात पारेको हो। खेल हेर्न प्रधानमन्त्री प्रचण्ड पनि मैदानमा पुगेका थिए। केही ओभर खेल हेरेर उनी निस्किएका थिए।

प्रकाशित: Mar 16, 2023| 18:31 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।