शनिबार, कात्तिक ८, २०८२

जीतपुर-सिमरा गोल्डकप चैत ९ गतेदेखि

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९


जगदम्बा स्टील्सको मुख्य प्रायोजनमा १३औं ‘जीतपुर सिमरा गोल्ड कप २०७९’ हुने भएको छ । नव जनजागृति युवा क्लब सिमरा बाराको आयोजनामा हुने गोल्ड कप सिमरा रंगशालामा हुनेछ ।

Kumaribank

चैत ९ देखि चैत १८ गतेसम्म चल्ने गोल्डकपको लागत १ करोड ६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

गोल्डकपका लागि जीतपुर सिमरा उपमहानगरपालिले २० लाख रुपैयाँ सहयोग गरेको छ । प्रतियोगितामा प्रथम हुने समूहले १० लाख र द्वितीय हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोकृष्ट खेलाडी मोटरसाइकल पुरस्कार दिइनेछ । विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक र हाई स्कोररलाई २० हजार रुपैयाँ उपलब्ध गराइने आयोजकले बताएको छ ।

प्रत्येक दिन उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ र स्थानीय उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Metro Mart

प्रकाशित: Mar 16, 2023| 21:30 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।