काठमाडौं– नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दुर्लभ विश्व कीर्तिमान कायम गर्न १ विकेट लिए पुग्नेछ।
गत सोमबार पपुवा न्युगिनीविरुद्ध ५ विकेट लिएपछि छिटो १०० विकेट लिने कीर्तिमानका लागि सन्दीप २ विकेटले टाढा थिए।
बिहीबार आईसीसी विश्वकप लिग २ मा यूएईविरुद्ध मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेपछि सन्दीपले अब १०० विकेटका लागि १ विकेट लिए विश्व कीर्तिमान कायम हुनेछ।
यसअघि अफगानिस्तानका राशिद ४४ खानले सबैभन्दा छिटो ४४ खेलबाट १ सय विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
सन्दीपले ३९ खेलबाट विकेटको संख्या ९९ पु¥याएका छन्। २०१८ मा वेस्ट इन्डिजविरुद्ध रादिशले उक्त रेकर्ड बनाएका थिए।
तर सन्दीप ३९ खेलमै विश्व कीर्तिमान भंग गर्ने अवस्था नजिक पुगेका हुन््।