काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ।
दीपेन्द्र सिंह ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्। उनले युएईका रोहन मुस्तफालाई २० रनमा आउट गरे। दीपेन्द्रले जारी खेलमा दोस्रो विकेट लिएका हुन्।
युएईले ५ विकेट गुमाएर १७५ रन जोडेको छ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ।