काठमाडौं- बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा साबिकको विजेता नेपाल राष्ट्रिय टोली र प्रतियोगिताको बलियो मानिएको टोली प्यालेस्टाइनबीचको खेल शुरु भएको छ । खेल बंगलादेशको सिल्हेट खेल मैदानमा खेलमा शुरु भएको हो ।
यो खेल नेपालका लागि गर या मरको अवस्थामा छ । नेपाललाई यो खेल्नै पर्ने दबाब छ । नेपाले यो जितेर मात्र अघिल्लो चार पार गर्न सक्ने छैन् । नेपालले अघिल्लो चरण पार गर्न प्यालेस्टाइनलाई फराकिलो गोल अन्तरले पराजित गर्नु पर्ने छ ।
तर, प्यालेस्टाइनविरुद्ध जित निकाल्न नेपाललाई फलामको च्युरा चपाउनु सरह हुनेछ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ । यदि नेपालले प्यालेस्टाइनलाई ३-० गोल अन्तरले पनि पराजित गर्न सके नेपाल अर्को चारणमा प्रवेश गर्ने छ ।
समूह ‘ए’ मा रहेको नेपालले अंक बिहिन छ भने यता, प्यालेस्टाइन र ताजकिस्तानले ३-३ अंक जोडेको छ । प्यालेस्टाइनविरुद्ध नेपालले जिते ३ अंक जोड्ने छ तर, नेपालले समूह चरण पार गर्न गोल अन्तरको भर पर्नु पर्ने छ ।
यसै खेलको नतिजाले समूह ‘ए’ को अघिल्लो चरण पुग्ने दुई टोलीको तय हुनेछ । नेपाल मंगलबार भएको समूह चरणको आफ्नो पहिलो खेल ताजिकिस्तानसँग २-० गोल अन्तरले गुमाएको थियो । पराजित हुदै नेपालले आफ्नो अघिल्लो चरणको यात्रा कठिन बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४