शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : शेखर कोइराला

विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने धारणा व्यक्त गरेका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने धारणा व्यक्त गरेका छन्। उनले पार्टी समायोजनाका नाममा प्रक्रिया पूरा नगरी वितरण गरिएका सदस्यता पनि रोकिनुपर्नेमा जोड दिएका छन्।

 केन्द्रीय सदस्य कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न।’

 नेपाली कांग्रेसको चौधौं महाधिवेशन भदौ १६ गतेदेखि हुने कार्यतालिका छ। तर साउन १२ गते हुनुपर्ने वडाको अधिवेशन हुन सकेको छैन। त्यसैले भदौमा कांग्रेसको महाधिवेशन अनिश्चित बन्दै गएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि तेह्रौं महाधिवेशनकै प्रतिनिधिका आधारमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्। भदौमा महाधिवेशन नभए देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको अस्तित्व संकटमा पर्न सक्ने चिन्ता कार्यकर्तामा छ।

प्रकाशित: Aug 11, 2021| 11:07 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...