शनिबार, जेठ २, २०८३

लिङ्देनलाई भेटेर पौडेलले मागे राष्ट्रपतिमा भोट

राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

National life

काठमाडौं- राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन्। सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरुसँग भोट मागेका हुन्।

जवाफमा अध्यक्ष लिङ्देनले संस्थागत निर्णय हुने जवाफ दिएका छन् । संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निर्णय गरेको छैन।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मतभार छ।

प्रकाशित: Mar 06, 2023| 18:34 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...