शनिबार, जेठ २, २०८३

राष्ट्रपतिमा जित माग्दै पशुपतिनाथ दर्शनमा गए नेम्बाङ

एमालेबाट राष्ट्रपति पदका उम्मेदवार नेम्बाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

National life

काठमाडौं– पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा जितका लागि आशीर्वाद माप्दै पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न पुगेका छन्। सोमबार नेम्बाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका हुन्।

एमालेबाट राष्ट्रपति पदका उम्मेदवार नेम्बाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरे। प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सदस्यले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन्।

नयाँ राष्ट्रपतिले ३ चैतदेखि कार्यकाल सकिएर बिदाबारी हुन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्थान लिनेछन्। आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: Mar 06, 2023| 15:36 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...