आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बनी : राजीनामा दिने निर्णयको अधिकार मुख्यमन्त्रीलाई नै

लुम्बनी : राजीनामा दिने निर्णयको अधिकार मुख्यमन्त्रीलाई नै

लुम्बिनी एमाले संसदीय दलले मुख्यमन्त्री पदबाट राजीनामा दिने या अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

बुटवल– लुम्बिनी एमाले संसदीय दलले मुख्यमन्त्री पदबाट राजीनामा दिने या अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ। एमाले संसदीय दलको बुधबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए। 

प्रदेशसभामा अविश्वास प्रस्तावमाथि आज दिउँसो छलफल हुने कार्यसूची छ। बैठकपछि प्रमुख सचेतक भुमिश्वर ढकालले अविश्वास प्रस्ताव दर्ता नै अवैधानिक भएको भन्दै राजनीतिक निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई दिने निर्णय गरेको बताए। 

उनले भने, ‘यो राजनीतिक निर्णय हो, यसको निर्णय मुख्यमन्त्रीले नै गर्नुहुनेछ।’ उनले अविश्वासको प्रस्ताव संविधानविपरीत रहेको बताए। उनले प्रदेश प्रमुखले पनि संविधानको भावना मिचेको आरोप लगाए।


प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।