मंगलबार, साउन ५, २०८३

जनकपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रहरीले जनकपुबाट विप्लव समूहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ। विप्लव समूहको नाममा चन्दा उठाइ रहेको अवस्थामा प्रहरीले उनीहरुलाई जनकपुरधाम–७ बाट विहिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका-२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका–१ भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

केहि व्यक्तिहरु विप्लव समूहको नाउँमा चन्दा उठाइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले क्षेत्री र कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी दिपेन्द्र शाहीले जानकारी दिएका छन्।

उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकल, विभिन्न किसिमका दस्तावेज, चन्दा रसिदलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।