काठमाडौं- हिमाल आरोहरणका लागी जारी गरिने लाईसेन्स नक्कली बनाउने एक समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सेभेन समिट ट्रेक्स प्रालीमा कार्यरत निभेश कार्की, फुर्तेन्जी शेर्पा र विजयश्वर अर्याल छन।
सिआईबीका अनुसार सेभेन समिट ट्रेक्स प्रालीबाट सगरमाथा आरोहण गर्न जाने १४ जना विदेशी नागरीकलाई जारी गरेको लाईसेन्स नक्कली भेटिएछि प्रहरीले तीनजनालाई पक्राउ गरेको हो।
सगरमाथाको आरोहरणमै नक्कली लाईसेन्सबारे सिआईबीले गम्भीर अनुसन्धान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४