मंगलबार, साउन ५, २०८३

 प्रधानमन्त्री ओली स्वदेश फिर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली दिउँसो ३ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। 

प्रधानन्त्री ओली पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते त्यसतर्फ गएका थिए। 

अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीले कोष्टारिकाको समेत भ्रमण गरेका थिए। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गरेका थिए। 

प्रधानमन्त्रीको त्यस टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।