मंगलबार, साउन ५, २०८३

पूर्वाञ्‍चल विश्वविद्यालय परिसरमा राजधानी ! 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- विराटनगर बाहिर स्थायी राजधानी सार्ने विषयले प्रदेश नम्बर १ मा निकै चर्चा पाएको छ। यो कुरामा दुर्इ तिहाइ बढि सांसदहरुको साझा मत छ।
 
प्रदेश १  का इटहरी, धरान र धनकुटाले स्थायी राजधानीको माग गरेजस्तै उत्तरी मोरङले पनि स्थायी राजधानीको हुनुपर्ने दबाब दिइरहेको छ। विराटनगर पनि समेटिने मोरङकै उत्तरी क्षेत्रले भने पूर्वान्चल विश्वविद्यालय क्षेत्रमा अस्थायी राजधानी बनाउने समयमै  माग गरेको थियो। 

अहिले यो क्षेत्रमा स्थायी राजधानीका लागि पनि माग हुन थालेको छ। असोज १५ र १६ गते भएको नेकपा संसदीय दलको बैठकले प्रदेश १ को स्थायी राजधानीका इटहरी र धनकुटा पछि धेरैले प्रस्ताव गरेको ठाँउ पनि यहि क्षेत्र थियो। 

सुन्दरहरैचा नगरपालीकाका मेयर शिव ढकालले त तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाइ पत्रै लेखेर पुर्वान्चल विश्वविद्यालयको नाममा रहेको ८ सय ५ बिगा बढी जग्गाको ३ सय ५० बिगाहा क्षेत्रमा  राजधानी बनाउन आग्रह गरेका थिए। मेयर ढकालले २०७४ साल मंसिर २६ गते प्रधानमन्त्रीलाइ बोदार्थ दिएर शहरी विकास मन्त्रालयलाइ ९०७  चलानी नम्बरमा पत्र लेखेका थिए। यस बारेमा नगरकार्यपालीकाले समेत निर्णय नै गरेको थियो। 

महेन्द्र राजमार्ग आसपासका उत्तरी क्षेत्रका मोरङबासीले पनि पुर्वान्चल विश्वविद्यालय क्षेत्र नै प्रदेशको राजधानी हुनुपर्ने सामाजिक संजालमा माग गर्दै आएका छन्। 

इटहरी र आसपासका सुनसरीका स्थानीयले विराटनगर हुनुभन्दा सुन्दरहरैचा नगरपालीकामा रहेको गोठगाँउको पुर्वान्चल विश्वविद्यालय परिषरमै प्रदेश १ को राजधानी हुनुपर्ने मनस्थितिमा छन। 
विभिन्न १० अत्याधुनिक भवनहरु भएको र सुन्दर, एकान्त अनि हरियाली क्षेत्रमा विश्वविद्यालयको जग्गा र संरचनाहरु भएकाले राजधानी हुनपर्ने पूर्वी तराइका केही स्थानीयहरुको माग छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।