मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभापतिलाई सञ्चारमन्त्रीको उपदेश- कानून पढेर आउनुहोस्

सभापतिलाई सञ्चारमन्त्रीको उपदेश- कानून पढेर आउनुहोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा पुगेर सरकारलाई जथाभावी निर्देशन नदिन तथा कानून पढेर निर्णय सुनाउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा बिहीबार मन्त्री बाँस्कोटालाई बोलाइएको थियो। 

उनलाई बोलाउनुको कारण थियो, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्ति र यसका विषयमा उठेका प्रश्नको जवाफ लिन। 

समिति सभापति कल्याणीकुमारी खड्काले दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाको नियुक्ति खुला प्रतिस्पर्धाबाट नभएको, पारदर्शी नगरिएको विषयमा समितिको ध्यानाकर्षण भएको भन्दै गर्दा सञ्चारमन्त्रीले सभापतिलाई रोक्दै मन्त्री बाँस्कोटाले भने, ‘हामीले प्रतिस्पर्धाबाटै नियुक्ति गरेको हो नि। समितिले सरकारलाई किन त्यस्तो निर्देशन दिनुपर्‍यो। समितिले अध्ययन गरेर मात्र सरकारका लागि यस्तो निर्देशन देओस्। समितिले कानूनी आधार पनि अध्ययन गरोस्।’ 

सभापति खड्काले मन्त्रीको जवाफ सुनेपछि केही मलिन स्वरमा भनिन्, ‘हैन हैन हामीले निर्देशन दिने होइन, बुझ्न खोजेको मात्र हो। यसलाई म मिलाएर गर्छु ।’ 

समितिले दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायत अन्य सरकारी संस्थानमा भएको नियुक्तिको विषयमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ। 

सञ्चारमन्त्री बाँस्कोटाले समिति बैठकमा श्रमजीवी पत्रकार ऐनका विषयमा पनि बोलेका थिए। उनले सरकारी सञ्चार संस्था रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिमा श्रमजीवी पत्रकार ऐनअनुसार नै पारिश्रमिक उपलब्ध गराएको बताउँदै समस्या निजी सञ्चार संस्थामा मात्र भएको बताए। 

निजी क्षेत्रमा पनि पत्रकारको तलब बढाऊ भन्दा संस्था नै बन्द हुने बताउँदै कर्पोरेट हाउसहरूले आफूलाई देखिनसहेको पनि उल्लेख गरे। उनले प्रश्न गर्दै भने, ‘कर्पोरेट हाउसले तलब बढाउँदा सञ्चार संस्था नै बन्द गर्नुपर्ने अवस्था आउँछ भनेका छन्। लोकतन्त्रमा मिडियालाई बन्द गराउने गरी पारिश्रमिक बढाउन मिल्ला त?’ 

बैठकमा मन्त्री बाँस्कोटाले पोर्न साइट बन्द गर्ने सरकारको निर्णयको प्रसंग पनि सुनाए। १६ हजारभन्दा बढी पोर्न साइट बन्द गरेको बताउँदै उनले भने, ‘पोर्न साइट बन्द गर्ने निर्णयलाई लिएर धेरै साथीले मलाई उडाए। कोही-कोहीले त श्रीमान्-श्रीमतीको सम्बन्धमै बाधा पर्‍यो पनि भनेका छन्। मलाई लाग्छ त्यस्तो भएको छैन ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।