मंगलबार, साउन ५, २०८३

१२ दिने विदेश भ्रमण सकेर प्रधानमन्‍त्री फर्कदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- १२ दिन अघि विदेश भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्किदै छन् । असोज ६ गते सयुक्त राष्ट्र संघको ७३औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली कोस्टारिकाको समेत भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् । 

ओली बिहीबार दिउँसो काठमाडौँ आइपुग्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ। उनी दिउँसो कतार एयरवेजको विमानबाट ३ः४५ बजे विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ।

महासभामा प्रधानमन्त्री ओलीले ११ असोजमा सम्बोधन गरेका थिए भने १३ असोज कोस्टारिका प्रस्थान गरेका थिए । न्यूयोर्क बसाइँका क्रममा उनले नेपाली समुदायसंग भेट गर्नुका साथै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसंग भेटवार्ता गरेका थिए । 

महासभाको सम्बोधन पछि प्रधानमन्त्री ओली १३ असोजमा कोस्टारिकाका राष्ट्रपतिको निमन्त्रणमा त्यसतर्फ प्रस्थान गरेका थिए । कोस्टारिका भ्रमणका क्रममा उनले त्यहाँ रहेको शान्ति विश्वविद्यालयलाई सम्बोधन गरेका थिए । उनलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि दिएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।