मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असोज २२ मा समितिका सभापतिको निर्वाचन, कांग्रेसको अवरोध कायमै 

असोज २२ मा समितिका सभापतिको निर्वाचन, कांग्रेसको अवरोध कायमै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन असोज २२ गते हुने भएको छ । बुधबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले समितिका सभापतिको निर्वाचनको मिति घोषणा गरेका हुन्।

यस प्रदेश सभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चार वटा समिति रहेका छन्। गत चैतमा यी विषयगत समिति गठन भएका थिए। प्रदेश सभा सचिवालयले जेठ महिनामा ३ पटक समितिको सभापतिको निर्वाचनका लागि मिति तोकेपनि निर्वाचन भने हुन सकेन। प्रदेश सचिवालयका सचिब बालाराम शर्माका अनुसार जेठ १३, जेठ २१ र जेठ ३१ गते तिन पटक निर्वाचनका लागि तोकिएको मिति दलहरुको आग्रहमा स्थगित गरिएको थियो।

बुधबारको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बहिस्कार गरे पनि अर्को प्रतिपक्षी दल राजपाले प्रदेश सभा बैठक धेरै दिन अनिर्णयको बन्दी बनाउन नहुने भन्दै समर्थन जनाएपछि संचालन भएको थियो। राजपाका सांसद कृष्णबहादुर चौधरीले राजधानी र नामका बारेमा आफ्नो पार्टीको असहमती कायमै रहेको तर पनि लामो समय सम्म संसद अवरुद्ध गर्दा अन्य काम प्रभावित हुने भन्दै संसद बहिस्कार नगरेको बताए।
 
 नेपाली काँग्रेसका सांसदले भने बैठक शुरु हुनासाथ आफ्नो सिटबाट उठेर बिरोध जनाएका थिए। तिन पटक सम्म आफ्नो सिटमा बस्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि काँग्रेस संसदिय दलका नेतालाई के मा असहमती हो राख्न आग्रह गरे।

 सभामुखको आग्रह पछि संसदिय दलका नेता रणबहादुर रावलले प्रतिपक्षिको उपस्थिती विना असोज १२ गतेको प्रदेश सभाले गरेको प्रदेशको नामाकरण र स्थायी राजधानी नसच्चाए सम्म काँग्रेसले संसद बहिस्कार गर्ने बताए। उनले जंगल विनास गरि राजधानी बनाउने निर्णय काँग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने भन्दै बुधबारको बैठक पनि बहिस्कार गरेको घोषणा गरे। उनको घोषणा लगत्तै काँग्रेसका सांसदहरु बैठकबाट बाहिरिएका थिए। 

 काँग्रेस सांसदको बहिस्कार पछि सभामुखले पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई सरकारको धारणा राख्न समय दिए । मन्त्री सोडारीले दुई तिहाई मतका साथ स्थायी राजधानी र नामाकरणको निर्णय भएकाले यसमा कुनै परिबर्तन नहुने बताए। उनले अन्य बिषयमा छलफल र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै प्रतिपक्षी दल काँग्रेसलाई बैठकमा सहभागि हुन आग्रह गरे।

 बैठकको बिशेष समयमा  सत्ता पक्षका अन्य सांसदहरुले पनि आफ्ना धारणा राखे। उनीहरुले राजधानी र नामाकरणको बिषयलाई लिएर बैठक बहिस्कार गर्नु काँग्रेसको केटाकेटी पन भएको बताए। दुई तिहाईले गरेको निर्णय परिवर्तन नहुने भन्दै उनिहरुले लोकतान्त्रीक विधि स्वीकार्न काँग्रेसलाई आग्रह गरे। प्रदेश सभाको अर्को बैठक असोज १८ गते बिहिवार दिउँसो २ बजेका लागि तोकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।