मंगलबार, साउन ५, २०८३

बुटवलमा जग्गा र पारिवारिक विवादका मुद्दा बढी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- बुटवलमा जग्गा सम्बन्धी विवाद र पारीवारिक विवादका मुद्धा धेरै देखिएका छन् ।

बुटवल उपमहानगरपालिकामा दर्ता भएका मुद्दाहरुको संख्याको आधारमा यस्तो निश्कर्ष निकालिएको न्यायीक समिती संयोजक समेत रहेकी उपप्रमुख गोमादेवी आचर्यले बताइन् ।

उनले भनिन्, ‘नगरपालिकाको न्यायिक समितीमा दर्ता भएका मुद्दाहरुमा अधिकांश जग्गा सम्बन्धी र पारिवारिक झगडाका छन् । लेनदेन, नाता सम्बन्ध कायम, घर बहाल सम्झौता, जग्गा विवाद, घरेलु हिंसा, जबर्जस्ती अर्काको घरमा प्रवेश गरेर हडप्न खोजेको र सम्बन्ध विच्छेद जस्ता निवेदनहरु दर्ता भएका छन्। ’

न्यायिक समितिमा हालसम्म एक सय ५० वटा मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ र चालु आवको यो अवधिमा दर्ता भएका ४ समेत गरी १३ थान मुद्दा अहिले न्यायिक समितिले हेरिरहेको छ।

उपमहानगरले हालसम्म मेलमिलापका माध्यमबाट एक सय ३६, न्यायिक समितिबाट छ, रुपन्देही जिल्ला अदालतमा न्याय निरुपणका लागि पठाइएका पाँच थान मुद्दामा काम कारबाही भएको न्यायिक समितिका संयोजक आचर्यले जनाईन्।

अहिलेसम्म उपमहानगरपालिकाले ३० कानुन बनाएको छ। सोही बमोजिम बुटवल उपमहानगरपालिकाले न्याय सम्पादनका कामलार्इ प्राथमिकता दिएको हो।

स्थानीय तहको निर्वाचन पश्चातको बदलिँदो परिस्थितीमा बुटवल उपमहानगर कार्यालयको कार्य सञ्चालन कार्यविधि देखि लिएर संविधान पद्धत अधिकारहरु प्रयोग गर्न यस्ता कानुनहरु बनाइएको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जनाए ।  

उपमहानगरपालिकाले पाँच वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालिन बुटवल नगर गुरुयोजना निर्माण गरेर अघि बढेको जनाइएको छ । यसका लागि उपमहानगरले विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गर्दै वडावासीहरु र विभिन्न सरोकारवाला निकायहरुसगं सुझाव संकलन गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।