काठमाडौं- काठमाडौंको गोठाटारमा एक बालिकालाई दुई युवाले जबर्जस्ती गाडीमा हाल्दै गरेको सूचना आएपछि प्रहरीले त्यस क्षेत्रमा सुरक्षा जाँच व्यापक बनाएको छ।
अन्दाजी सात वर्षीया बालिकालाई रुवाउँदै गाडीमा हाल्दै गरेको देखेकी एक महिलाले आफ्नो छोरालाई खबर गरेकी थिइन्। छोराले प्रहरीको १०० नम्बरमा खबर गरेसँगै प्रहरी परिचालन
गरिएको हो।
कसको बच्चा अपहरणमा परेको हो र कसले लगेको हो भन्नेबारे प्रहरीलाई हालसम्म कुनै खबर आएको छैन। बानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्लेले गम्भीर घटना हुन सक्ने
शंकामा त्यस क्षेत्रमा नाका शिल गर्दै खोजतलासलाई व्यापक बनाइएको जानकारी दिए।
महानगरीय अपराध महाशाखाको टोली पनि गोठाटार इलाकामा परिचालित भएको छ। महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले अपहरणको हल्लाबारे आधिकारिक पुष्टी नभए पनि
सतर्कता अपनाउँदै टोली खटाइएको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४