मंगलबार, साउन ५, २०८३

एसएसपी दिवेश लोहनीको निलम्बन फुकुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्‍या प्रकरणमा निलम्बनमा परेका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको छ। 

गत १६ वैशाखदेखि निलम्बनमा परेका लोहनी र खनालको निलम्बन बुधबारदेखि फुकुवा गरिएको गृहप्रवक्ता रामकृष्ण सुवेदीले बताए। लोहनी र खनालले दिएको निवेदनका आधारमा कारवाही फुकुवा गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। यसअघि लोहनी २९ भदौमा र खनाल २ असोजमा साधारण तारेखमा रिहा भएका भएका थिए।

अदालतबाट साधारण तारेखमा रिहा भएपछि निलम्बन फुकुवा गर्न दुवै जनाले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए। प्रधान कार्यालयको कानून शाखाले आवश्यक औपचारिक कारवाही पूरा गरेर निलम्बन निर्णय गर्ने तालुकदार गृह मन्त्रालयमा पठाएको थियो। प्रहरी नियमावलीअनुसार निलम्बन गर्नेले नै फुकुवा गर्ने नियम भएकाले गृहले दुवै जनाको निलम्बन फुकुवा गरेको हो। 

उच्च अदालत विराटनगरले एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। गृह मन्त्रालयले एस्एसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरे पनि डिएसपी केसीबारे केही खुलाएको छैन। 

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी महानगरीय अपराध महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख थिए।  

२० चैत ०७४ को मन्त्रिपरिषद्को निर्णयले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले यी तीनै अधिकारीको घटनामा संलग्नता रहेको अभियोगसहित प्रतिवादी बनाएको थियो।

मोरङ उर्लाबारीका सनम शाक्यको १८ फागुन ०७४ मा अपहरणपछि हत्याको अनुसन्धानमा टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ महिनामा ३८ सय किलो सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो।

अनुसन्धानमा शाक्य हत्याको अनुसन्धानका लागि अपराध महाशाखाको टोली कार्यक्षेत्र नाघेर मोरङ गएको, प्रमाण नष्ट गरेको र मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई भगाउन सघाएको आरोप लागेको थियो। तत्कालीन महाशाखा प्रमुख एसएसपी लोहनीले डीएसपी केसीको नेतृत्वमा टोली मोरङ पठाएका थिए।

महाशाखाका सई बालकृष्ण सञ्जेलको सूचनालाई पच्छयाएर महाशाखाको टोली मोरङ पुगेको थियो। अनुसन्धानमा सञ्जेलको मुख्य अभियुक्त गोरेसँग निकट सम्बन्ध रहेको र यी दुईबीचमा लाखौं लेनदेन भएको आरोप लागेको थियो।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा कार्यरत रहँदा र मकवानपुर प्रहरी प्रमुख भइसकेपछि पनि एसपी खनाल र गोरेबीच निकट सम्बन्ध रहेको अनुसन्धानमा खुलेको थियो। अनुसन्धान टोलीले बरामद गरेका डायरीमा खनाललाई पाँच लाख रुपैयाँ तस्करीमा सघाएवापत भुक्तानी दिएको खुलेको थियो।

उनीहरूविरुद्ध मोरङ जिल्ला अदालतमा रहेको मुद्दाको सुनवाई बाँकी नै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।