शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसीमा गुन लगाएका बन्दी बने मन्त्री, युक्रेनलाई चेकको सहयोग [२०७८-१२-२४]

एमसीसीमा गुन लगाएका बन्दी बने मन्त्री, युक्रेनलाई चेकको सहयोग [२०७८-१२-२४]

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समचारका प्रमुख शीर्षकहरू:

triton college

-एमसीसीको व्याख्यात्मक घोषणामा सत्तारुढलाई सहयोग गरेका बन्दी बने कानुनमन्त्री, कानुन संशोधन गरेर संक्रमणकालीन न्यायका बाँकी काम अघि बढाउने प्रतिबद्धता । एमसीसीमा गुन लगाएबापत मन्त्री

-विदेशी मुद्राको सञ्चिति घट्न नदिन विलासिताका वस्तुको आयातमा रोक लगाएको राष्ट्र बैंकको भनाइ, साढे ६ महिनाको आयात धान्न पुग्ने डलर सञ्चित रहेको जानकारी । राष्ट्र बैंकको प्रष्टीकरण

-दक्षिण एसियामै पहिलोपटक नेपालले सुरु गर्‍यो बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान, ५० हजारभन्दा बढी खोपकेन्द्रमा अभियान सञ्चालन हुने जानकारी । खोप अभियान सुरु

-रुसविरुद्ध लडिरहेको युक्रेनको सहयोगका लागि चेक रिपब्लिकले पठायो सैन्य सामग्री, नाटोका विदेशमन्त्रीहरूलाई सम्बोधन गर्दै चेकका विदेशमन्त्रीले दिए जानकारी । युक्रेनलाई चेकको सहयोग

Metro Mart
vianet

-र, रमेश सिलवालको रिट खारेज भएसँगै राखेप सदस्य सचिव घिसिङले सम्हाले कार्यभार, खेलकुद  क्षेत्र चलायमान बनाउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता।  राखेपमा नयाँ-सदस्य सचिव

अब समाचार विस्तारमा 

गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्।

मन्त्रालयको पदभार ग्रहण गर्दै उहाँले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए। नवनियुक्त मन्त्री कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका कुराहरु मध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरु बाँकी रहेको र त्यसलाई टुंग्याउने जिम्मेवारी आफूले पाएको उल्लेख गरे। 

नवनियुक्त मन्त्री कोइरालाले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनका व्यवस्थाहरु, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरु लगायतका कुरालाई हेरी कानून संशोधन गरेर अघि बढ्नुपर्ने बताए। 

कानुनबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतीलाई सफलतापूर्वक पार लगाउने दाबी गरेका छन्। 

बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

सत्तारुढका साझा व्यक्तिका रूपमा बन्दीलाई बनाइएको नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले दाबी गरेका छन्। यसअघि सरकार बन्दाताका नै मन्त्रिपरिषद्मा कानून व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको तर साझा व्यक्तिका रूपमा बन्दीलाई मन्त्री बनाइएको उनको दाबी छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म गरेको संसद विघटनविरुद्ध रिट निवेदन दायरदेखि बहससम्मका गतिविधिमा बन्दी सक्रिय थिए। एमसीसीको व्याख्यात्मक घोषणाको मस्यौदा तयार पार्ने  काममा पनि बन्दीले सघाएका थिए। 

बन्दी माधवकुमार नेपाल निकट कानुन व्यवसायी मानिन्छन्। उनी गैरसांसद अवस्थामा नै मन्त्री बनेका हुन्। गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ। 

६ महिनाको आयात धान्न पुग्ने डलर छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताएका छन्। 

सोधानान्तर बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमि हुँदै गएकाले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको प्रवक्ता भट्टले बताए । 

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका बस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटाबाट जोगाउनको लागि एउटा टुल्स प्रयोग गरिएको जानकारी दिए । 

राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको भन्दै आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रवक्ता भट्टले  आश्वासन समेत दिए ।

श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको र नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने उनले बताए । 

कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण र कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुकको श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने उनले दाबी गरे । 

प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको सख्या बढ्दै गएकाले रेमिटेन्समा सुधार आउन थालेको बताए । रेमिटेन्समा सुधार आउँदा मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले रेमिटेन्समा तत्कालको लागि ठूलो चुनौती देखिएको जिकिर गरे ।।  

टाइफाइडविरुद्धको खोप अभियान सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोर बढेको र यसले धेरै रोग निम्त्याएको समेत बताएका छन्। उनले फोहोरको व्यवस्थापन गर्न समेत निर्देशन जारी गरेका छन्। 

काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको बताउदै  प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न निर्देशन दिए। 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्। शुक्रवारदेखिको देशव्यापी अभियानमा ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्रमा सञ्चालन हुने उनले जानकारी दिए। 

मन्त्री खतिवडाले अबको केही दिनमा अर्को एउटा खोप राष्ट्रव्यापी रुपमा सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्ने घोषणा समेत गरे । यसअघि ११ प्रकारका खोप नेपालमा राष्ट्रव्यापी रपमा शुरु भइसकेको र अब टाइफाइड बिरुद्धको खोप लगाएसँगै नेपालमा १२ किसिमका खोप अभियान राष्ट्रव्यापी रुपमा शुरु हुने उनको भनाई छ । टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र हो ।

एमालेको असहमति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । यस्तै पार्टीले आयोगको आचारसंहिताप्रति ६ बुँदे असहमति समेत जनाएको हो । 

बिहीबार पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोग पुगेर ६ बुँदे असहमति जनाएको हो। आशन्न स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा भएका त्रुटिहरू केलाएर एमालेले ध्यानाकर्षण गराएको छ। 

साथै निर्वाचन धाँधलीरहित, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो पार्टीको साथ रहने प्रतिबद्धता पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आयोगमै पुगेर ध्यानाकर्षणसहितको प्रतिबद्धतापत्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएको छ। सो पत्रमा आयोगले चैत ३ गते राजपत्र जारी गरेर सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा रहेका विभिन्न त्रुटिहरू ६ बुँदामा उल्लेख गरिएको छ ।

यस्तै निर्वाचन आयोगले जारी गरेको आचारसंहीता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुने गरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो । पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुनेगरी निर्वाचन आचारसंहीताको पालना गराउन निर्वाचन आयोगलाई आग्रह गरे । 

निर्वाचन कानुनमा प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारप्रसारमा जान नपाउने व्यवस्था गरेको र त्यसलाई पालना गराउन पनि आफूहरुले आयोगको ध्यानाकर्षण गराएको एमालेका महासचिव पोखरेलको भनाई छ । एमालेले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग उपयुक्त विधि भएको समेत उल्लेख गरेका छन । 

शाहको गुनासो

नेपाल राष्ट्र बैंकले दुई वर्षदेखि आफ्नो करिब १४ करोड रकम रोक्का राखेर आफूलाई दुख दिएको पृथ्वीबहादुर शाहले गुनासो गरेका छन्। 

आफ्नो नाममा अमेरिकाबाट आएको ४० करोड रकम फुकुवा गर्न अर्थमन्त्री जनार्दन शर्माले दबाब दिएको समाचार प्रकाशन भएपछि बिहीबार पत्रकार सम्मेलन गरी शाहले यस्तो गुनासो गरेका हुन्।

राष्ट्र बैंकले आफूलाई फसाउन नसकेपछि झुटा विवरण दिएर समाचार लेखाएको समेत उनको आरोप छ। उक्त रकम रोकिएका कारण दुई वर्षमा आफ्नो आर्थिक कारोबार डामाडोल भई ६० जना कर्मचारीलाई तलब दिन नसकेको उनको गुनासो छ। 

समाचार तयार गर्दा आफूलाई सम्पर्क नगरिएको समेत उनको गुनासो छ। उनले समाचारमा अर्थमन्त्री शर्माको नाम जोडिएको प्रति पनि दुःख व्यक्त गरेका छन्।

युक्रेनलाई चेकको सहयोग

रुसविरुद्ध लडिरहेको युक्रेनको सहयोगका लागि चेक रिपब्लिकले सैन्य सामग्री पठाएको छ। स्थानीय समाचार संस्थाका अनुसार चेकको जिह्लाभा सहरबाट सैन्य सहयोगका सामग्री बोकेका ट्यांकर युक्रेनका लागि छुटेको हुन्।

चेकका रक्षामन्त्री जना सेरनोकोभाले आवश्यक सैन्य सामग्री युक्रेन पठाउन लागिएको जानकारी गराएका थिए। ब्रसेल्समा भएको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का विदेशमन्त्रीहरूलाई सम्बोधन गर्दै चेकका विदेशमन्त्रीले यस्तो बताएका थिए। यद्यपि केकस्ता सामग्री कसरी पठाइएको भन्ने विषयमा खुलाइएको छैन। 

नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले नाटो देशहरूले महत्वपूर्ण सहयोग गर्न लागेको दाबी गरेका छन्। 

चेक सन् १९९९ मा नाटोमा आवद्ध भएको देश हो। युक्रेन पठाइएका सैन्य ट्यांकहरू सोभियत संघ वा रुसमा नै बताइएको बताइएको छ।  

राखेपमा सदस्यसचिवले सम्हाले कार्यभार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन्। मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए।

राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सो रिट उपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए। मन्त्रिपरिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारी मुक्त गरेको थियो।

चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो। तीन महिना तीन हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका हुन्।

कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले खेलकुदलाई क्षेत्र चलायमान बनाउने बताए। 

उता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत कुलबहादुर थापाले राजिनामा दिएका छन्। उनले घरायसी कारण जनाउदै बुधबार राखेपमा राजिनामाको निवेदन दिएका हुन्।

प्रकाशित: Apr 07, 2022| 19:19 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।