२०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन्। जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्यांक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ...
नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ।
नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमले सदरमुकाम मुसीकोट खलङ्गामा आज आयोजना गरेको कार्यक्रममा उनले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको र गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए।
मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उनले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे।
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ।
ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ।