जनक शिक्षाले यस वर्ष कक्षा ६ देखि १० सम्मको डेढ १ करोड थान पुस्तक छपाइ जिम्मा लिएकामा नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै चैतभित्रै विद्यार्थीका हातहातमा पुस्तक पुर्याइने दाबी गरेको हो।
मुलुकको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी भइरहेको छ। उद्योगी व्यवसायी, आम नागरिकले पनि समस्या भोग्नुपरेको छ। महासङ्घ नेतृत्वले व्यवसायीका समस्या समाधानमा ध्यान नदिएको गुनासो पनि बेलाबेलामा सुनिने गरेको छ।