यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए। अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
बा ४४ प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुका दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया सख्त घाइते भएका प्रहरीले जनाएको छ।
सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक पाउने सहमति भए पनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन्।
न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन्। सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस सुरु गरेको छ।
खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो। आज हुने खेलका लागि दुवै टिम मैदानमा पुगिसके पनि खेल्न नमानेपछि टस हुन नसकेको हो।
सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिने डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो।
इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फासीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले जनाएको छ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँच वर्षे कार्यकालको मुख्य उपलब्धि हो।