बिहीबार, वैशाख ६, २०८१

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।
 |  आइतबार, माघ २९, २०७९

बीबीसी

बीबीसी

आइतबार, माघ २९, २०७९

३० नोभेम्बर २०२२ मा कतारमा भइरहेको विश्वकप फुटबलको विश्वले रमाइलो गरिरहेको बेला च्याटजिपीटी नामक कृत्रिम उपकरणले विश्वमा डेब्यु गर्‍यो। नयाँ प्रणाली जसले यस्तो सामग्री लेख्न सक्छ जुन धेरै सटिक छ र दुरुस्तै मानिसले लेखेजस्तो देखिन्छ। यो नयाँ उपकरण गुगलका लागि खतराको रुपमा देखा परेको आकलन गरिएको छ। साथै तथ्य यो पनि हो कि जिमेलका संस्थापक पलले पनि केही समयअघि यो टुलले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।

triton college

हाल यसमा केही कमीकमजोरीहरू देख्न सकिन्छ तर समयसँगै यो उपकरण अझ स्मार्ट हुँदै जानेछ। यसलाई मन पराउनेहरूले यसको प्रशंसाको पुल बाँधिरहेका छन्, तर केही मानिसहरूले नयाँ उपकरणसँग डर पनि मानेका छन्।

यदि तपाईंले इन्टरनेटमा च्याटजिपिटी समीक्षाहरू पढ्नुभयो भने तपाईंले खतरा शब्द बारम्बार उल्लेख गरिएको पाउनुहुनेछ। धेरै मानिसलाई लागेको छ कि यो कार्यक्रमले चाँडो मानव मस्तिष्कको जस्तै काम गर्ने र उसको नक्कल गरिरहेको छ।

न्युयोर्क टाइम्समा हालसालै प्रकाशित एक लेखमा यो उपकरणले सिकाइ, शिक्षा, डिजिटल सुरक्षा, काम र लोकतन्त्रमा समेत प्रभाव पार्ने सम्भावना व्यक्त गरिएको छ। अखबार लेख्छ, पहिले जो एक व्यक्तिको राय अथवा तर्क हुने गर्दथ्यो अब एक कृत्रिम रोबोटद्वारा लेखिएको तर्क हुन सक्नेछ।

च्याटजिपिटी भनेको के हो?

corrent noodles
Metro Mart

च्याटजिपिटी वास्तवमा एक च्याटबोट हो जसले तपाईंलाई धेरै प्रकारका प्रश्नहरूको लिखित र लगभग सही जवाफ दिन सक्छ। यो च्याटबोटले व्यक्तिगत समस्याहरूमा पनि सल्लाह दिन सक्छ।

यसमार्फत् सामग्री सिर्जना गर्ने सम्भावनाहरू पनि धेरै छन्। उदाहरणका लागि, यसले तपाईंलाई एउटा जटिल तर स्वादिष्ट रेसिपीको व्याख्या गर्न सक्छ र तुरुन्तै उही रेसिपीको नयाँ संस्करण पनि सिर्जना गरिदिन सक्छ। यसले तपाईंलाई जागिर खोज्न पनि मद्दत गर्न सक्छ। तपाईंका विशेष साथीहरूलाई कविता, शैक्षिक कागजपत्रहरू लेख्न मद्दत गर्न सक्छ।

च्याटजिपिटीले तपाईंका सबै प्रश्नहरूको सेकेन्डभित्र जवाफ दिन्छ। उदाहरणका लागि, तपाईंले च्याटजिपिटीलाई काम लगाउनुस्– आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा शेक्सपियरको शैलीमा कविता लेख। केहि क्षणमा तपाईको अघि लेखिएको कविता तयार हुनेछ। कविताको स्तरमा बहस हुन सक्छ तर लेखनको गतिमा होइन।

च्याटजिपिटी लगभग १०० भाषामा उपलब्ध छ तर यो अंग्रेजीमा सबैभन्दा सटिक र उत्कृष्ट छ। उदाहरणका लागि, जब च्याटजिपीटीमा दिल्लीको बारेमा कविता लेख्न सोधियो- हिन्दी र अंग्रेजी नतिजा र भाषाबीचको भिन्नता स्पष्ट देखियो।

यो प्रणाली ओपनएआई नामको कम्पनीले सन् २०१५ मा साम अल्टम्यान र एलन मस्कले बनाएका थिए। एलन मस्क सन् २०१८ मा यसबाट अलग भए। च्याटजिपिटीको सुरुवातको पाँच दिनभित्रमा एक मिलियन प्रयोगकर्ता भए। प्रयोगकर्ताहरूसँग च्याटबोटको प्रश्न र उत्तर यो कार्यक्रम सुधार गर्न प्रयोग गरिन्छ।

ओपनएआईले यो च्याटबोटको प्रयोग सबैका लागि निःशुल्क हुने र परीक्षण र अनुसन्धानका क्रममा सबैका लागि उपलब्ध हुने बताएको छ। कम्पनीको यो भनाइसँगै मानिसहरूले भविष्यमा ओपनएआईले च्याटजिपिटी प्रयोग गर्दा पैसा लिन थाल्ने अनुमान गर्न थालेका छन्।

परीक्षण र अनुसन्धानका क्रममा सफ्टवेयरले कहिलेकाहीँ गलत र भ्रामक सूचना दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले च्याटबोटको डाटा हिस्ट्री २०२१ सम्ममात्र सीमित रहेको बताएको छ।

गुगलको एकाधिकारलाई चुनौती

धेरैले यसलाई इन्टरनेटमा जानकारी सङ्कलन गर्ने गुगलको एकाधिकारका लागि चुनौती भनेका छन्, तर यो प्रणालीले अझै गम्भीर गल्ती गरिरहेको छ। यस्तै च्याटबोटलाई सोधिएको थियो कि अहिलेसम्म कति भारतीयले ओस्कर अवार्ड जितेका छन्। यसको जवाफमा च्याटबटले लेख्यो– भानु अथैया सन् २०२१ सम्म ओस्कार जित्ने एक मात्र भारतीय हुन्। धेरैलाई थाहा छ कि अरु धेरै भारतीयले ओस्कर अवार्ड जितेका छन्।

यस्ता एआई प्रोग्रामहरूले धेरै डाटा भण्डारण गर्छन्। च्याटजिपिटी शब्दहरू र संवादात्मक शैलीमा प्रतिक्रिया दिनमा केन्द्रित छ। यो च्याटबोटले वाक्य लेख्ने उत्तम तरिका अनुमान गर्न एल्गोरिदमहरू प्रयोग गर्दछ। यसलाई लार्ज लेङ्वेज मोडेल एलएएम पनि भनिन्छ। साओ पाउलो युनिभर्सिटीका प्रोफेसर अल्भारो मचाडो डायस एक न्यूरो वैज्ञानिक हुन्। यस्तो च्याटबोट निर्माण गर्दा धेरै साधारण प्रश्न सोधिने उनीहरु बताउँछन्। उदाहरण को लागी, सिलिन्डर के हो? त्यसपछि प्राविधिकले यस प्रश्नको विस्तृत जवाफ दिन्छ। उनले भने, 'यसपछि यदि च्याटबोटको जवाफ तार्किक हुँदैन भने सही जवाफ प्रणालीमा फिड गरिन्छ। यस्तो काम धेरै प्रश्नहरूको साथ गरिन्छ।' च्याटजिपिटीले हुबहु मानिसजस्तै बोल्न सिकेको छ। मचाडो डायस भन्छन् कि यसले भाषाहरू बुझ्नमा निपुण भएकाले यसलाई विशेष बनाएको छ।

इन्जिनियरहरूले यसलाई स्मार्ट बनाउन दिनरात काम गरिरहेका छन्। प्रोफेसर डायस भन्छन्, 'वास्तवमा इन्जिनियरले एल्गोरिदमले दिएका जवाफ जाँच्छन् र कार्यक्रमलाई प्रतिक्रिया दिँदै यसलाई सुधार गर्ने प्रयास गर्छन्। तपाईंको प्रश्नको जवाफ पाठ ढाँचामा छ र यो एकदम गम्भीर छ।'

च्याटजिपिटीलाई गल्तीहरू स्वीकार गर्न पनि तालिम दिइएको छ। यो कार्यक्रमले गलत धारणालाई सच्याउँछ र अप्रासंगिक प्रश्नहरूलाई अस्वीकार गर्दछ। तर युनिभर्सिटी अफ क्यालिफोर्नियाका एक प्रोफेसरले यो प्रणालीमार्फत् एउटा यस्तो प्रोग्रामिङ कोड बनाएका छन्, जसअनुसार गोरा र एसियाली पुरुषमात्रै राम्रो वैज्ञानिक बन्न सक्छन्।

ओपनएआईले स्वीकार गरेको छ कि कार्यक्रमले हाल यसलाई दिइएका निर्देशनहरूमा समस्याग्रस्त प्रतिक्रियाहरू उत्पादन गर्न सक्छ र परीक्षणको क्रममा सङ्कलन गरिएको डाटा प्रणालीलाई थप परिष्कृत गर्न प्रयोग गरिनेछ।

के यो रचनात्मकताको लागि खतरा हो?

च्याटजिपिटी बजारमा उपलब्ध भएसँगै शब्द र वाक्यमा भर पर्ने कामहरूमा खतराको घण्टी बज्न थालेको छ। जस्तै पत्रकारिता। यदि प्रणालीमा अझै सुधार भयो भने पत्रकारको जागिर कम हुनेछ र सम्भवतः एक समय आउन सक्छ जब उनीहरूलाई आवश्यक पर्दैन किनभने हरेक लेख च्याटबटबाट लेखिनेछ।

च्याटजिपिटीको कोड लेख्ने क्षमताले अर्को क्षेत्रमा प्रश्न खडा गर्न सक्छ र त्यो क्षेत्र हो कम्प्युटर प्रोग्रामिङ। तर सबैभन्दा बढी चिन्ताको विषय भनेको शिक्षा हो। न्युयोर्कका विद्यार्थीहरूलाई च्याटजिपिटी मार्फत् आफ्नो असाइनमेन्टहरू गर्न यति प्रलोभनमा परेको थियो कि च्याटजिपिटीलाई शहरभरिका सबै विद्यालयहरू र सार्वजनिक उपकरणहरूमा तुरुन्तै प्रतिबन्ध लगाइयो।

ओपनएआईले आफ्नो च्याटबोटमार्फत् उत्पन्न हुने सामग्रीलाई फरक पहिचान दिने प्रयास पनि गरिरहेको छ। त्यहाँ एल्गोरिदमहरू छन् जसले पाठलाई च्याटबोट वा व्यक्तिद्वारा लेखिएको हो कि भनेर सही रूपमा बताउन सक्छ।

च्याटबटबाट नक्कल गर्ने, आफ्नो गृहकार्य र असाइनमेन्टमा राख्नेबाहेक अन्य धेरै डरहरू छन् जसले शिक्षाको क्षेत्रमा भय पैदा गरिरहेको छ। उदाहरणका लागि, यदि एक विद्यार्थीलाई एक जटिल निबन्ध लेख्न दिइएको छ भने के होला। साओ पाउलो युनिभर्सिटीका प्रोफेसर डायस भन्छन्, 'विचारहरूको यान्त्रीकरणको बारेमा म चिन्तित छु। यो हामीले संसारलाई बुझ्ने तरिका बदल्नु जस्तै हो।'

उनी अगाडि भन्छन्, 'यो आधुनिक इतिहासमा मानसिकता परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण घटना हुनेछ। यो पनि ध्यान दिन लायक छ कि मानव मस्तिष्क द्रुत रूपमा संकुचन भइरहेको छ। यसको कारण प्रविधिको विकास हो।'

आधा मानिस र आधा मेसिन

आर्टिफिसियल इन्टेलिजेन्सः फ्रम जिरो टु मेटाभर्स पुस्तककी लेखिका र पोन्टिफिकल क्याथोलिक युनिभर्सिटी अफ रियो ग्रान्डे डो सुलकी प्राध्यापक मार्था गेब्रिएलले परिवर्तनशील समयसँगै हामीले छिटोछिटो परिवर्तन गर्नुपर्ने धारणा राख्छिन्। मार्था गेब्रियल भन्छिन्, 'मुख्य भिन्नता यो हो कि अब उत्तरले फरक पर्दैन, प्रश्नहरू महत्त्वपूर्ण भइसकेका छन्। तपाईंले सही प्रश्नहरू कसरी सोध्ने भनेर जान्नुपर्छ र यसका लागि तपाईंको दिमागले सोच्न, मेहनत गर्नुपर्छ।'

फेडरल युनिभर्सिटी अफ ब्राजिलका अनुसन्धानकर्ता युरी लिमा भन्छन् कि नयाँ प्रविधिले विद्यार्थीहरूलाई साइबोर्ग (आधा मानव र आधा मेसिन) मा परिणत गर्नेछ। लिमा भन्छन्, 'यो नयाँ प्रविधिले शिक्षकहरूलाई पनि यसको सही प्रयोग गर्न सिकाउनु पर्छ।'

यो शिक्षा र विद्यार्थीको कुरा हो। तर त्यहाँ अर्को ठूलो चिन्ता छ। त्यो हो– मानिसको रचनात्मकता र सामग्री बनाउने। प्रणाली उपलब्ध भएको दस दिन भित्र, सान फ्रान्सिस्को डिजाइनरले दुई दिनमा सचित्र बच्चाहरूको पुस्तक उत्पादन गरेका थिए।

च्याटजिपिटी बाहेक, डिजाइनरले मिडजर्नी नामक कार्यक्रमबाट पनि मद्दत लिएका थिए जसमार्फत फोटोहरू सङ्कलन गरिएको थियो। प्रोफेसर मचाडो डायस भन्छन् कि रचनात्मकताका लागि असाधारण प्रतिभा चाहिन्छ, तर एल्गोरिदमको मद्दतले सिर्जना गरिएका चीजहरूले मानिसको रचनात्मक हुने प्रवृत्तिलाई कम गर्नेछ। 

बीबीसी हिन्दीबाट अनुदित

प्रकाशित: Feb 12, 2023| 13:05 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...