बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रिमियर लिगको इतिहासमै सबैभन्दा ठूलो आर्थिक स्क्यान्डल

चार वर्ष लगाएर गरिएको एक अनुसन्धानपछि प्रिमियर लिगले गएको सोमबार एक सूचना जारी गरेको थियो। उसले सिटीलाई सन् २०९ देखि पछाडि १०० भन्दा धेरै आर्थिक नियम तोडेको भन्दै कारबाही गर्न माग गरेको थियो।
 |  बुधबार, माघ २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

इंग्ल्यान्डको घरेलु प्रतियोगितालाई प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई कारबाही गर्ने सूचनाले अचम्ममा पारेको छ। केहि दिन अघिमात्र इंग्ल्यान्डको शीर्ष डिभिजनको फुटबल प्रिमियर लिगले आर्थिक अपचलन गरेको र सही सूचना नदिएको भन्दै कारबाही गर्नेबारे सूचना सार्वजनिक गरेको थियो।

triton college

प्रिमियर लिगको साविक विजेता यो वर्ष पनि उस्तै लयमा रहेको क्लब हो। उसले छ प्रिमियर लिगको उपाधि जितेको छ भने च्याम्पियन्स लिगमा पनि खरो प्रदर्शन गर्दै आइरहेको छ। अबुधाबी युनाइटेड ग्रुपले सन् २००८ मा सिटीको स्वामित्व ग्रहण गरेपछि सिटीले प्रिमियर लिगमा धेरै फड्को मारेको हो।

चार वर्ष लगाएर गरिएको एक अनुसन्धानपछि प्रिमियर लिगले गएको सोमबार एक सूचना जारी गरेको थियो। उसले सिटीलाई सन् २०९ देखि पछाडि १०० भन्दा धेरै आर्थिक नियम तोडेको भन्दै कारबाही गर्न माग गरेको थियो।

प्रिमियर लिगमा सिटीले कृत्रिम रुपमा नै मूल्यवृद्धि गराएको आरोप लागेको छ। उनले मालिकहरुबाट नै सिधा रकम लिएर क्लब चलाएको अनुसन्धानले देखाएको छ। क्लबले पाएको स्पोन्सरबाट मात्र रकम लिन मिल्ने प्रिमियर लिगको आर्थिक नियम रहेको छ।

तर क्लबले स्पोन्सरबिनै मालिकबाट पैसा लिएर क्लब चलाएको अनुसन्धानले देखाएको छ। यो प्रिमियर लिगको फाइनान्सियल फेयर प्लेको विरुद्धमा रहेको छ। त्यस्तै सिटीविरुद्ध अर्को के चार्ज पनि लगाइएको छ भने उसले त्यस्तो व्यवस्थापक राखेको छ जो गैरफुटबलसँग पनि सम्बिन्धित रहेका छन्। ‘एकै व्यक्ति क्लबका मालिकको अर्को कम्पनी र सिटीमा पनि व्यवस्थापकको भूमिकामा रहेका छन्। यसले क्लबको लगानीलाई विचलित बनाएको देखाएको छ,’ प्रिमियर लिगले सूचनामा लेखेको छ।

Metro Mart
vianet

सन् २०१८ मा जर्मनीको डेर स्पेगेलले लिक भएका केहि डकुमेन्टको सूचना सार्वजनिक गरेको थियो। सोहि सूचनामा सिटीले स्पोन्सरसिपको मूल्यवृद्धि गरेको आरोप लगाइएको थियो। त्यस्तै, उसले यूइएफएलाई गलत सूचना दिएर फेयर प्लेको नियमबाट बचेको आरोप लगाइएको थियो।

त्यसपछि युएईफएको अध्ययन समितिले सिटीलाई दुई वर्ष युरोपेली प्रतिस्पर्धाबाट बाहिर राख्ने निर्णय गरेको थियो। तर यो विषय पनि कासमा मुद्दा परेपछि अदालतले सिटीको पक्षमा निर्णय गरेको थियो। त्यसपछि सिटीले च्याम्पियनसिप खेल्न पाएको हो।

यसलाई प्रिमियर लिगमा अहिलेसम्मकै ठूलो आर्थिक स्क्यान्डलका रुपमा हेरिएको छ। यसअघि कुनै पनि क्लबले यस्तो आरोप खेप्नु परेको थिएन। यदि उसको तयो काम प्रमाणित भएको अवस्थामा अहिलेको फुटबलको ठूलो क्लबलाई चोट पर्न सक्नेछ। यता प्रशिक्षक पेपले पनि राजीनामा दिनु पर्नेछ। किनभने यदि क्लबले गलत गरेको अवस्थामा राजीनामा दिने प्रशिक्षक पेपले यसअघि नै क्लबलाई बताइसकेका छन्।

प्रकाशित: Feb 08, 2023| 13:28 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।