सोमबार, मंसिर २९, २०८२

अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनोट

भारतको राजधानी नयाँ दिल्लीमा आउँदो मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुनगइरहेको आइबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ नेपालकी अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनौट भएका छन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा आउँदो मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुनगइरहेको आइबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ नेपालकी अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनौट भएका छन्। 

National life

हिजो मंगलबार सातदोबाटोमा भएको ५२ केजी तौल समूहको फाइनल खेलमा अन्जनी तेलीले त्रिभुवन आर्मीका वर्षा श्रेष्ठ लाई ५-० आधारको आधारमा जित निकालेकी थिइन्। त्यस्तै मिनु गुरुङले एपीएफकी शर्मिला तामाङलाई ५.० अंकको आधारमा जित हासिल गरेकी थिइन्।

बक्सिङ कभर्डहलमा नेपाल बक्सिङ्ग संघले सञ्चालन गरेको उक्त छनौट खेलमा ५० केजी तौल समुहको क्वाटरफाइनल खेलहरुमा रमिसा श्रेष्ठ (आरडिएस) र आरति बम्जन (टिएसी) ले क्रमश: एनपिसीका रिता धरला र झापाका तेजिमाया गुरुङलाई  ४.१ र ५.० अंकको आधारमा जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेका छन्। 

त्यसैगरी सेमिफाइनल ५७ केजी तौल समुहमा झापाका खेलाडी शुस्मिता राईले एनपिसिका निशा तामाङलाई ३.२ अंकाको आधारमा जित हासिल गर्दै फाईनल प्रवेश गरेकी छन्। 

त्यसैगरि ७५ केजी तौल समूहमा एपिएफका खेलाडी सरस्वती राना मगरले टिएसीका खेलाडी अनुपा चौधरीलाई एबिडीको आधारमा जित हासिल गर्दै फाईनल प्रबेश गरेकी छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 08, 2023| 08:30 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।