सोमबार, मंसिर २९, २०८२

टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङको आरोपमा एक जना पक्राउ

१८ वर्षीय नितेश बीरगञ्जमा नितेश शाह भनेर चिनिन्छन्। ब्युरोले यसअघि माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप एक जनालाई पक्राउ गरेको छ। पर्सा, वीरगन्जबाट एक जनालाई पक्राउ गरेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

National life

१८ वर्षीय नितेश बीरगञ्जमा नितेश शाह भनेर चिनिन्छन्। ब्युरोले यसअघि माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो।

एसएसपी आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए। गुप्ताको भूमिकामाथि थप अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए। 

उनले आरिफ शेखलाई स्पट फिक्सिङ गर्न प्रस्ताव राखेका हुन्। शेखले भने उक्त प्रस्तावलाई एन्टी करप्सन युनिट र नेपाल क्रिकेट संघ (क्यान) लाई रिपोर्ट गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्।

फिक्सिङको प्रस्ताव आएपछि उक्त प्रस्‍तावलाई अस्वीकार गरी युनिट र क्यानलाई जानकारी गराउनुपर्ने नियम छ। शेख अलराउन्डर हुन्। उनले लिगमा पोखरा एभेन्जर्सबाट खेलेका थिए।

Laxmi sunrise bank
kumari

स्पट फिक्सिङ गर्ने दुई जना खेलाडीलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरू पूर्व खेलाडी महबुब आलम र मोहम्मद आदिल आलम हुन्। प्रहरीले यस लिगमा स्पट फिक्सिङ गराउनेमा १० जना संलग्न रहेको जनाएको थियो। उनीहरूमध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्।


प्रकाशित: Feb 07, 2023| 21:14 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।