शुक्रबार, फागुन १, २०८२

भारतलाई ३-१ को अन्तरले हराउँदै नेपाल साफ यू-२० को फाइनलमा

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- बंगलादेशमा जारी महिला यू-२० साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

National life

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। 

नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। भारतले पहिलो हाफमा २१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। भारतका लागि अपूर्णाले गोल गरेकी थिइन्। 

नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्। 

जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। 

Laxmi sunrise bank

प्रकाशित: Feb 07, 2023| 16:57 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।