शुक्रबार, फागुन १, २०८२

भारतमा हुने डब्लुपिएलमा नेपालका चार खेलाडी दर्ता

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईल गर्ने उमन्स प्रिमियर लिग (डब्लुपिएल) मा नेपालका पाँच खेलाडी दर्ता भएका छन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईल गर्ने उमन्स प्रिमियर लिग (डब्लुपिएल) मा नेपालका पाँच खेलाडी दर्ता भएका छन्। नेपाली राष्ट्रिय महिला टिमका पाँच खेलाडी डब्लु पिएलमा अक्सनका लागि दर्ता भएका हुन्।

National life

अब अक्सन फेब्रुअरी १३ तारिखमा भारतका मुम्बईमा हुँदैछ। त्यसका लागि नेपालका पाँच खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) मार्फत् नाम दर्ता गराएका हुन्। नाम दर्ता गराउने नेपाली खेलाडीहरुको राष्ट्रिय टिमकी कप्तान रुविना बेलबासे, सिता राना मगर, इन्दू बर्मा, अश्मिना कर्माचार्य र कविता कुँवर रहेका छन्। नाम दार्ता गराएकामध्येबाट अक्सनका लागि छनोट भएका खेलाडी हुने यि।

डब्लूपिएलमा एक टिमले कूल १८ खेलाडी छनोट गर्न पाउने छ। त्यसमा सात जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ भने विदेशी खेलाडी मध्येमा पनि एक खेलाडी एसोसिएट देशको हुनुपर्ने छ। एसोसिएट देखको खेलाडीको कोटामा नेपाली खेलाडी पर्न सक्नेछन्।

प्रतियोगितामा बेंग्लोरका दुई, गुजरात, लखनौ, र मुम्बईको सहभागीता रहने छ। अक्सनका लागि यि सबै टिमको खातामा १२ लाख रकम रहेको छ। साथै प्रतियोगितामा सहभागी खेलाडीको बेस मूल्य १० लाख र २० लाख भारतीय रुपैयाँबीचमा हुनेछ।

प्रतियोगितामा मार्च ४ बाट मुम्बईमा सुरु हुनेछ। प्रतियोगितको १५०० खेलाडी दर्ता भएका छन् भने अन्तिम लिस्ट यो हप्ताको अन्तिममा आउने भएको छ।

Laxmi sunrise bank

प्रकाशित: Feb 07, 2023| 13:39 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।