मंगलबार, कात्तिक ४, २०८२

न्यु डायमन्डसँग साविक विजेता एपिएफ पराजित

लिगको अन्तिम खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९मा साविक विजेता एपिएफलाई पराजित गरेको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- लिगको अन्तिम खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९मा साविक विजेता एपिएफलाई पराजित गरेको छ।

Kumaribank

दुवै टोली फाईनल प्रवेश गरिसकेको अवस्थामा औपचारिकताका लागि मात्र खेलिएको प्रतियोगितामा न्यु डायमन्डले जित निकालेको हो। यस जित संगै न्यु डायमन्डले लिगका तीन वटै खेल जित्दै ९ अंक बनाउन सफल भयो। पहिलो र दोश्रो सेट २५–२१, २५–१९ ले जितेको डायमन्ड तेश्रो सेटमा २१–२५ ले एपिएफलाई सुम्पेपछि खेल २–१ को अवस्थामा पुग्यो। डायमन्डले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै ३–१ का साथ जित निकाल्यो। डायमन्डकी सलिना बुढामगर प्लेयर अफ दी म्याच घोषित भईन्। उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन्।

शेरबहादुर स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुलिस र आर्मीविच भएको खेलमा पुलिसले जित निकाल्यो। पुलिसले निकैनै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई २४–२६, २६–२४, २६–२४, २५–२० ले पराजित ग¥यो। दुवै टोली फाईनल प्रतिस्पर्धाबाट बाहिरी सकेको अवस्थामा यो खेला औपचारीक मात्र रह्यो। पुलिसकी मनिषा चौधरी प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन्।

प्रतियोगिताको चौथो दिन भोली मंगलबार साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबविच उपाधीका लागि भिडन्त हुनेछ भने तेश्रो र चौथो स्थानका लागि पुलिस र आर्मीको प्रतिस्पर्धा हुने छ।

प्रकाशित: Feb 06, 2023| 20:29 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।