शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पोर्टस अवार्डः यी हुन् पिपल्स च्वाइस विधाको मनोनयनमा परेका पाँच खेलाडी

स्पोर्टस अवार्डः यी हुन् पिपल्स च्वाइस विधाको मनोनयनमा परेका पाँच खेलाडी

मञ्चले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २३ गते हुने अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २३ गते हुने अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो।

National life

मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन्। गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवम् अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताएका छन्। 

मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत् भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ। अवार्डसँग इसेवाको तेस्रो वर्षको सहकार्य हो। मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमबार नै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ र इ सेवाको तर्पmबाट हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईंले हस्ताक्षर गरेका थिए। सम्झौतापत्रमा हस्ताक्षरपछि इ–सेवाका हेड अफ बिजनेस डेभलपमेन्ट प्रसाइले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुशी रहेको प्रतिक्रिया दिएका छन्। 

‘खेल र खेलाडीलाई सम्मान गर्न १९ वर्षदेखि आयोजना हुनु सह्रानीय काम हो। मेरो व्यक्तिगत तर्फबाट पनि यस कार्यका लागि धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘यो आयोजना अझ राम्रोसँग अघि बढोस भन्ने शुभकामना दिन चाहन्छु। एनएसजेएफसंग इ–सेवाको यो तेस्रो वर्षको हो। पिपल्स च्वाइस अवार्ड खेलप्रेमी समर्थकहरूले खेलाडीहरूप्रति देखाउने मायाको माध्यम हो।’ इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५÷२५ प्रतिशत रहनेछ।

यो वर्षको अवार्ड ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिने आयोजकले जानकारी दिएको छ। उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ। 

Laxmi sunrise bank
kumari

त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ। अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले एनएस पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन्। अवार्डलाई हंसराज हुलासचन्द एण्ड कम्पनीको पल्सर मोटरसाइकलले मुख्य प्रायोजन गरेको छ।

प्रकाशित: Feb 06, 2023| 18:04 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।