सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यानका म्यानेजर वृतान्त खनालले मागे माफी, अध्यक्षलाई केही थाहै छैन !

क्यानका म्यानेजर वृतान्त खनालले मागे माफी, अध्यक्षलाई केही थाहै छैन !

उनले एक पोडकास्टमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीसँग भेट भइरहने र उनीहरुले गलत नियत राखि आफूलाई सजिलै भिडियो बनाएर बलात्कार मुद्दामा फसाउन सक्ने भनेर उदाहरण दिएका थिए।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर वृतान्त खनालले आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन्। उनले सामाजिक सञ्जालमा अहिले भाइरल रहेको भिडियो क्लिपमा वास्तविक कुरालाई नराखेर उदाहरणमात्र राखेर भ्रम छर्न खोजेको पनि दाबी गरेका छन्।

National life

उनले एक पोडकास्टमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीसँग भेट भइरहने र उनीहरुले गलत नियत राखि आफूलाई सजिलै भिडियो बनाएर बलात्कार मुद्दामा फसाउन सक्ने भनेर उदाहरण दिएका थिए।

उनले महिलाले गलत नियत राखेर सजिलै कुनै पुरुषलाई बलात्कारको आरोप लगाउन सक्ने दाबीसमेत गरेका थिए। यता नेपाल क्रिकेट संघको जनरल म्यानेजरमा रहेकै अवस्थामा उनले महिला क्रिकेटरलाई उदाहरण दिएका थिए।

‘त्यो भिडियो क्लिपमा पूरा कुरा राखिएको थिएन। फसाउने नियतले थोरै क्लिप मात्र राखिएको छ,’ खनालले जवाफ दिएका छन, ‘मैले भनेको पूरा कुरा त्यस्तो थिएन।’ उनले अगाडि भने, ‘यदि मैले भनेको कुराले कसैलाई ठेस पुगेको भए यहाँबाटै माफी माग्न चाहन्छु।’

‘त्यो उदाहरण नदिनुपर्ने हो। तर उहाँले दिनुभयो। यस विषयमा उहाँले आफ्ना कुरा राखिसक्नु भएको छ। धन्यवाद’ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने। उनले यति जवाफ दिनु भन्दा अघि आफूलाई उक्त विषयमा थाहा नभएको भन्दै उनले भनेको कुरा प्रश्नकर्तालाई डिटेलमा सोध्न अनुरोध गरेका थिए। क्यानका अध्यक्षलाई आफ्ना कर्मचारीले मिडियामा गएर राष्ट्रिय महिला क्रिकेट टिमको बारेमा दिएको गैरजिम्मेवार अभिव्यक्तिबारे धेरै दिनसम्म थाहा नहुनु पनि क्रिकेट संघको महिला टिमको जिम्मेवारी र उत्तरदायित्वप्रति बेवास्ताको एउटा उदाहरण हो।

Laxmi sunrise bank
kumari

खनालले भनेका थिए?

मैले उमन्स टिमको टन्नै काम गर्छु। भोलिको दिनमा एकजनाले अफिसमा आउनु कुरा गर्नु पर्यो भनेर बाहिर क्यामेरा लाईदियो, त्यो क्यामेराले भित्र केटी गएको पनि देखेको छ निस्किएको पनि देखेको छ। त्यसो भए भोलिदेखि वृतान्त खनाल टुरेप्ट? इट्स भेरी इजी  (यो धेरै सजिलो भयो)। भोलिबाट उसको करियर सिद्दियो। भोलिबाट मेरो घरमा चामल छैन म भात खान पाउँदिन। इट सुडन्ट बी द्याट इजी क्या  (यो त्यति सजिलो बन्नु हुँदैन)।

उनले सन्दीप लामिछानेमाथि लागेको बलात्कार अभियोगको अध्ययन गर्दा भेटिएको सिसिटीभि फुटेजको प्रमाणलाई आधार मानेको विश्वास गरिएको छ।

खनालले दिएको उदाहरणको भिडियो क्लिपः 

प्रकाशित: Feb 06, 2023| 17:59 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।